विजयपुर । ११ औँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय धरानले उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गरेको छ ।

कार्यालयका अनुसार सेवा क्षेत्रका ९ उत्कृष्ट करदाता र ५ कर्मचारी सम्मानित भएका छन् । उनीहरूलाई धरान उपमहानगर प्रमुख हर्कराज राई र आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले संयुक्तरूपमा सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

सम्मानित हुनेहरूमा उत्सव एण्ड सौरवी स्टोर्स खाँदबारी, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड धनकुटा, श्रेष्ठ किराना पसल तेह्रथुम र यु.डि. विल्डर्स भोजपुुर रहेका छन् । यस्तै धरानका सूर्य एण्ड सन्स प्रा.लि., अपुश्री इन्टरप्राइजेज प्रा.लि., अर्विन एण्ड ब्रदर्श अटो, विजयपुर हस्पिटल प्रा.लि र प्रिती भल्भ एण्ड फिटिङ इण्डष्ट्रिज प्रा.लि. रहेका छन् ।

आन्तरिक राजस्व कार्यालय धरानले सेवा क्षेत्रमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा राजपत्राङ्किततर्फ आन्तरिक राजस्व कार्यालय धरानका कम्प्युटर अधिकृत हीराध्वज कार्की, राजपत्र अनङ्कित पुरुषतर्फ कम्प्युटर अपरेटर विज्ञान श्रेष्ठ, महिलातर्फ टाइपिष्ट नायव सुब्बा इन्द्रकुमारी राई, करारतर्फ डाटा इन्ट्री सुपरभाइजर पुजन गौतम, करदाता सेवा कार्यालय धनकुटाका कार्यालय सहयोगी मोहनकुमार राई सम्मानित भएका छन् ।

कर सप्ताह अन्तर्गत ब्याडमिण्टन र म्युजिकल चियर प्रतियोगिता पनि भएको थियो । ब्याडमिण्टन प्रतियोगिताको महिलातर्फ शारदा घिमिरे आचार्य र अनिता घिमिरे विजयी भए भने पुरुषतर्फ उपेन्द्र चाम्लिङ र प्रकाश तामाङ विजयी भएका छन् । विजयी हुनेहरूलाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।

म्युजिकल चियरमा सावित्रा गुरागाईं प्रथम, प्रियङ्का चौधरी द्वितीय र इन्द्रकुमारी राई तृतीय हुन सफल भएका छन् । उनीहरूलाई नगदसहित पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा युप टे«डर्स प्रा.लि. धरानका जगत प्रधानलाई प्रशंसा—पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख चूडाराज भट्टराई, धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल, धरान उपमहानगरपालिकाका वरिष्ठ राजस्व अधिकृत खगेन्द्र खतिवडा, मालपोत कार्यालय धरानका शाखा अधिकृत चन्द्रप्रसाद मिश्र, जिल्ला हुलाक कार्यालय सुनसरीका शाखा अधिकृत कृष्णकुमार कार्की ढोली, नापी कार्यालय धरानका नापी अधिकृत वासुदेव भण्डारी, सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठलगायतको उपस्थिति रहेको आन्तरिक राजस्व कार्यालय धरानका कम्प्युटर अपरेटर गोविन्द पौडेलले  जानकारी दिए ।