श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज २४ गते सोमबार, १० अक्टोबर २०२२,नलनाम संवत्सर। असोज  शुक्ल पक्षको प्रतिपदा तिथि भोलि  ०१ः५६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र रेवती १६ः१७ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्याेदय ०६ः०० बजे र सूर्यास्त ०५ः४० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्चिलो कामले अर्थ अभावको स्थिति रहनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत् धन जुटाउन सकिनेछ । केही खर्च लागे पनि यात्राको योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च लागे पनि काम सम्पादन गर्न सकिनेछ । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदा हुने काममा सकारात्मक सङ्केत प्राप्त हुनेछ । मिहिनेतको प्राप्त हुनाले उत्साह जगाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका लागि पनि धन खर्चनुपर्ने देखिन्छ । नयाँ काममा जग बसाउने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको सन्दर्भमा बौद्धिक व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। त्यागेको कामसमेत सम्पादन हुनेछ।