देशको सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा झरी रोकिएपछि मौसमा सुधार भएको छ । पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेसँगै काठमाडाँैसहित आसपासका क्षेत्रमा बिहानदेखि घाम लागेको हो । काठमाडाँैमा घाम लागे साँझ भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि पूर्वबाट मौसममा केही सुधार देखिएको तर पश्चिममा  पानी पर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार  कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेको छ । उनका अनुसार काठमाडौँमा अब पहिलेको जस्तो खासै पानी पर्ने छैन । हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव परेकाले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।