श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज १६ गते आइतबार, २ अक्टोबर २०२२, नलनाम संवत्सर। आश्विन  शुक्लपक्षको सप्तमी तिथि १८ः५९ बजेसम्म, उप्रान्त  अष्टमी, नक्षत्र मूल भोलि ०२ः०४ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमाराशि धनु, सूर्याेदय ०५ः५६ बजे र सूर्यास्त ०५ः४९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ । सानो प्रयासले नै काम बन्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । आफन्तबाट टाढिनु पर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छर–छिमेकमा असमझदारी देखिनेछ । नियमित काम सम्पादन गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफलका लागि पर्खनु पर्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको कामको लगानी अरूका लागि खर्च हुनसक्छ। अनावश्यक काममा धन बाहिरिने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी रोकिनाले आर्थिक अभाव हुन सक्छ। ईष्र्या गर्नेहरूले अवरोध पु¥याउन सक्छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरले पछ्याए पनि परिस्थितिले पछि परिएला। लक्ष्यअनुसार समय दिन नसकिएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर रहनेछ। पहिलेका सहयोगीहरू नजुट्नाले कामको चाप बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बलभन्दा बुद्धिको उपयोगले फाइदा लिने चेष्टा गर्नुहोला। समाज सेवामा मन जानेछ ।