श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज १४ गते शुक्रबार, ३० सेप्टेम्बर २०२२, नलनाम संवत्सर। आश्विन शुक्लपक्षको पञ्चमी  तिथि २२ः४४ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र अनुराधा भोलि ०४ः२६ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्याेदय ०५ः५५ बजे र सूर्यास्त ०५ः५१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अतिथिका रूपमा निम्तो तथा सम्मान प्राप्त हुनेछ। विवादले भने समस्या निम्त्याउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरले पछ्याए पनि परिस्थितिले पछि परिएला। लक्ष्यअनुसार समय दिन नसकिएला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर रहने देखिन्छ।हिम्मत गरेमा जटिल कामसमेत सम्पादन हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गरे अप्ठ्यारो कामसमेत सम्पादन हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिसँग सम्झौता गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेका सहयोगीहरू नजुट्नाले कामको चाप बढ्नेछ। धैर्य एवम् लगनशीलताले उपलब्धि दिलाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ। विश्वासपात्रबाट धोका हुनसक्छ, सजग रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शङ्का गर्ने बानीले पछि परिनेछ। महŒवाकाङ्क्षी योजना कार्यान्वयनमा आफन्तले बाधा पुर्याउन सक्छन्।