धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं.१, को तेस्रो प्रदेशिक भेला पर्यटकीय जिल्ला ताप्लेजुङको फुङलिङ बजारमा सम्पन्न भएको छ ।
असोज ११ र १२ गते संचालन भएको प्रदेशिक भेलाको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं.१, सरकारका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका थिए । फुङलिङस्थित मेवाखोला हिल रिसोर्टमा सम्पन्न प्रदेशिक भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री हाङ्गामले आदिवासी जनजातिका भाषा, कला, संस्कृतिको उजागर र अधिकार स्थापनाका लागि फोनिजकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा बिशिष्ठ अतिथि, फोनिज संघीय कार्य समितिका अध्यक्ष गजुरधन राईले फोनिजले आदिवासी जनजातिसँग जोडिएका सबै सवालहरुलाई जोडदार रुपमा उठाउदै आएको र आदिवासी जनजाति पत्रकारहरुको पेशागत सुरक्षा र क्षमता अभिबृद्धिका लागि (फोनिज) लागि परेको बताए । कार्यक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेन,मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङ्गगम, संघिय संल्लाहकार कौशल चेम्जोङ, प्रदेश सल्लाहकार विजयबाेध लावती लगायतले आ–आफ्नो बिचार व्यक्त गरेका थिए ।
पर्यटकीय जिल्ला ताप्लेजुङको पर्यटन प्रबद्र्धन र प्रचार–प्रशारका लागि (फोनिज) ताप्लेजुङ शाखाको स्थानीय व्यवस्थापन तथा फोनिज १ नं.प्रदेश समितिको आयोजनामा भेला सम्पन्न भएको फोनिज ताप्लेजुङ शाखाका अध्यक्ष दिनेश लिङखिमले बताए । भेलाको बन्दशत्रले फोनिज १ नं.प्रदेश अन्तर्गतका जिल्ला शाखाहरु र प्रदेश समितिको आर्थिक तथा सांगठानिक प्रतिवेदनलाई पारित गरेको थियो ।
फोनिज संघीय कार्य समिति अध्यक्ष गजुरधन राई, वरिष्ठ उपाध्यक्ष अमरध्वज लामा, उपाध्यक्ष कमन देवान, संघीय सल्लाहकार कौशल चेम्जोङ लगायत प्रदेश–१, को जिल्ला शाखाहरुबाट भेलामा उपस्थित फोनिजकर्मीहरुले ताप्लेजुङमा रहेको पवित्र आध्यात्मिक धार्मिक स्थल मुक्कुम्लुङको भ्रमण, अवलोकन समेत गरेको फोनिज १ नं.प्रदेश समिति अध्यक्ष सन्तबीर लामाले बताए ।
भेलाको उद्धघाटन सत्रमा लिम्वुर राई, शेर्पा र गुरुङ जातिको मौलिक संस्कृतिमा आधारित नृत्य समेत प्रश्तुत् गरिएको थियो । भेलामा प्रदेश नं.१ का १४ जिल्ला मध्ये ९ जिल्लाका प्रतिनिधि एवं पर्यवेक्षक, प्रदेश पदाधिकारी, एवं सदस्यहरु र संघिय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।