श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज १३ गते बिहीबार, २९ सेप्टेम्बर २०२२, नलनाम संवत्सर, आश्विन  शुक्लपक्षको चतुर्थी तिथि भोलि ००ः१८ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र स्वाति ०६ः०० बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्याेदय ०५ः५५ बजे र सूर्यास्त ०५ः५२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। हतारको निर्णयले समस्या निम्त्याउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ। तर, प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दोहोर्याएर प्रयास गरे रोकिएको काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनु होला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । पछिका लागि विशेष काममा जग बसाउने मौका छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गरेमा विभिन्न अवसर प्राप्त हुनेछन् । व्यवसायबाट मनग्य फाइदा उठाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिश्रम गरेमा लक्ष्य प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।