वराहक्षेत्र । संकटापन्न जीव डल्फिन बचाउन हिमाली प्रकृति संस्थाले सचेतना कार्यक्रमको शुरुवात गरेको छ । रुफोर्ड फाउन्डेसनको सहयोगमा संस्थाले सामुदायिक वन लाई संरक्षणको तालिम संरक्षणको तालिम दिएको छ ।
सचेतना कार्यक्रम अन्तगर्त वार्ड नं ९ मा प्रकाशपुरको सप्तकोशी सामुदायिक वनलाई तालिम दिएको छ , भने ७ नं वार्ड को तित्रीगाछी स्थित महेन्द्र माविको ६० जना विद्यार्थी लाई डल्फिनको महत्व, संरक्षणको उपाय र चोरी शिकार गर्नेलाई कानुनी दण्ड जरिवानाको प्रावधानलगायत विषयमा छलफल गरिएको संस्थाको प्रोग्राम अफिसर लब केसीले बताए ।
विश्वमा रहेका ६ प्रजातिका करिव ३ हजारको संख्यामा रहेको र नेपालको कोशी ,नारायाणी र कर्णाली नदीमा डल्फिन रहेका छन् । कोशी नदीमा यकिन कति डल्फिन छन् त्यसको अनुसन्धानभईरहेको छ ।
नदी तटीय क्षेत्रमा मानविय अतिक्रमण, अवैध बालुवा गिट्टी संकलन र अत्यधिक दोहनले सोस अथवा सु–सु स्थानिय नामले चिनिने डल्फिन लोप हुने खतरा बढेकोलेसंरक्षणमा ध्यान दिनु आवश्यक भएको र उपायहरु अबलम्बनमा ढिलो गर्न नहुने केसी बताए ।
सचेतनाको कार्यक्रम नगरपालिकाको ११ वटै विद्यालयमा सचेतना कार्यक्रम गरिने संस्थाका बिमल तिम्ल्सिीनाले बताए ।