श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज १२ गते बुधबार, २८ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । आश्विन  शुक्लपक्षको तृतीया तिथि भोलि ०१ः३७ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र चित्रा ०६ः२४ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि तुला, सूर्याेदय ०५ः५४ बजे र सूर्यास्त ०५ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ काम थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा परिवारजनको साथले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानो प्रयत्नले चल–अचल सम्पत्ति लाभ हुने समय छ। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारबाट विशेष फाइदा उठाउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहारसमेत हातलागी हुनसक्ला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ । वचन पूरा गर्न नसक्दा अरूले आलोचना गर्न सक्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ।