श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज ११ गते मङ्गलबार, २७ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । आश्विन  शुक्लपक्षको द्वितीया तिथि भोलि ०२ः४० बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र हस्ता ०६ः२८ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्याेदय ०५ः५४ बजे र सूर्यास्त ०५ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारबाट विशेष फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रु परास्त हुनेछन् साथै प्रतिस्पर्धीहरू पछि हट्नेछन्।आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछन् । अरूका काममा समय बित्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम बीचैमा रोकिनाले दोहो¥याउनु पर्ने स्थिति आउला। आशा देखाउनेहरूले धोका दिनेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गरेमा केही काम बन्नेछन् । अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमै काममा जुट्न नसक्दा काम रोकिन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूका लागि उपयोग भइनेछ । आफैले दिएको वचनले अप्ठ्यारो पर्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्नेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। वैदेशिक यात्राको योग रहेको छ ।