श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज १०गते सोमबार, २६ सेप्टेम्बर २०२२, नलनाम संवत्सर। असोज शुक्लपक्षको प्रतिपदा तिथि भोलि ०३ः२२ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तरफाल्गुनी  ०६ः०९ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्याेदय ०५ः५४ बजे र सूर्यास्त ०५ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेष काम बिहानको समयमै गर्नुहोला । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ । धनलाभ हुनाले सोख पूरा गर्न सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज पारिवारिक उल्झनमा परिएला । आफन्त टाढिनेछन्  भने अरूका लागि श्रम तथा बुद्धि खर्चनु पर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूको मुख ताक्नाले पछि परिनेछ । भूमि र पशुधनबाट सामान्य लाभ मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उपलब्धि हातपार्न धेरै मिहिनेत गर्नुपर्ला । तापनि आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । दिउँसोदेखि स्थितिमा सुधार आउनाले केही काम बन्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिस्पर्धामा उत्रिनुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । द्वेष तथा ईष्र्या गर्नेहरूबाट सावधान रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । कामको मेसो नमिल्दा केही अलमल हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ । अरूका काममा अमूल्य समय खर्चनुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ। तापनि नयाँ कामतर्फ आकर्षित भइनेछ र समस्या समाधान हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश सानोतिनो कामले अलमल्याउन सक्छ।