श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज ९ गते आइतबार, २५ सेप्टेम्बर २०२२, नलनाम संवत्सर। आश्विन कृष्णपक्षको औंसी तिथि भोलि ०३ः४० बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरफाल्गुनी  भोलि ०६ः०९ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि सिंह, सूर्याेदय ०५ः५३ बजे र सूर्यास्त ०५ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च हुने डरले सताउन सक्छ। विवादबाट टाढा रहनुहोला । हतार गर्ने बानीले अप्ठ्यारोमा पार्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला । अर्थ अभावले पनि काममा बाधा पुग्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पु¥याउनु होला । काममा मिहिनेतको फल प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गरे राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि सहयोग जुटाउनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारबाट पनि मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफन्तले समयमा सहयोग नगर्दा अवसर फुत्किएला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिएको वचनले आफैलाई अप्ठ्यारो पार्नेछ । यात्रा होसियारी अपनाउनु होला । स्वास्थ्य कमजोर हुनेछ ।