श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज ८ गते शनिबार, २४ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । आश्विन कृष्णपक्षको चतुर्दशी तिथि भोलि ०३ः३० बजेसम्म, उप्रान्त आंैसी, नक्षत्र पूर्वफाल्गुनी भोलि ०५ः२२ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्याेदय ०५ः५३ बजे र सूर्यास्त ०५ः५८ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

मिहिनेत गरे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । 


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । विवादले गर्दा आँटेको काममा बाधा पुग्नेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सावधानी अपनाउनु होला, कर्मयोगले नयाँ मोड लिनेछ । पुरुषार्थी काम गरे नाम र इनाम आर्जन हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उद्योग र व्यापारबाट विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेतले सफलताको उचाइमा पु¥याउन सक्नेछ । शारीरिक समस्याले स्वास्थ्य कमजोर रहनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । मिहिनेत नगर्नाले थालेकोे काम रोकिन सक्छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरूका लागि उपयोग भइनेछ र आफ्नै वचनले अप्ठ्यारो पर्न सक्छ । असमझदारीले आफन्तजन टाढिन सक्नेछन्।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रोकिएका काममा पनि दोहो¥याएर प्रयत्न गर्नुपर्ला । विभिन्न अवसर प्राप्त भए पनि अलि पछि परिनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अरूका लागि बुद्धि खर्चनु पर्ला । स्वास्थ्य कमजोर रहनेछ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । कमजोर नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला ।