श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असोज ७ गते शुक्रबार, २३ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । आश्विन  कृष्णपक्षको त्रयोदशी तिथि भोलि ०२ः४९ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र मघा भोलि ०४ः०६ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ०५ः५२ बजे र सूर्यास्त ०५ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उपलब्धिका लागि दोहो¥याएर काम गर्नुपर्ला । लेनदेनमा होसियार रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम पूर्ण नभए पनि मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा आंशिक लाभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हतारमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ। स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक साइनो गाँस्नेहरूदेखि सावधान रहनुहोला । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूले राम्रो साथ दिनेछन् । पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने हुनसक्छ । खर्च बढ्नाले अर्थ अभाव देखापर्नेछ।