वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ खारखोलास्थित झण्डाचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ ।

आइतबार दिउँसो दुर्घटना हुँदा ताप्लेजुङ जिल्लावासी २५ वर्षीय सुनिल स्यामूको ज्यान गएको प्रहरीले जनाएको छ । चक्रघट्टी बस्दै आएका उनी साथीलाई भेटेर घर फर्कंदै गर्दा मोटरसाइकल दुर्घटनामा परेका थिए ।

दुर्घटनामा गम्भीर घाइते बनेका उनलाई अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश दत्तले जानकारी दिए । प्रदेश ३–०२–००३ प ६७०५ नम्बरको मोटरसाइकलले प्रदेश १–०२०५० प ८२३८ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपश्चात्  मोटरसाइकल ढलेको थियो ।

सोही क्रममा पछाडिबाट आउँदै गरेको प्रदेश १–०४००१ त २८५८ नम्बरको ट्याक्टरले किचेको प्रहरीले जनाएको छ । दुईवटा मोटरसाइकलमा मृतकसहित चारजना साथी घरतर्फ जाँदै गरेका थिए ।

यता ठक्कर दिएको मोटरसाइकलमा सवार पाँचथर कुम्मायक गाउँपालिका–२ का २४ वर्षीय प्रशान्त लावती र दुवै मोटरसाइकल र ट्याक्टर चालक इटहरी उपमहानगरपालिका–५ का २८ वर्षीय श्याम चौधरीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।