बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको छ। उनि ९६ वर्षकी थिइन्।

वकिंघम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उनको  मृत्यु भएको हो  । महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू विहीबार उनको समीप पुगेका थियो । उनका  ७३ वर्षीय छोरा युवराज चार्ल्स स्वतः राजा भएका छन् । उनलाई  राजा चार्ल्स तृतीय घोषणा गरिएको छ । 

दश दिनको औपचारिक शोकपछि महारानीकोअन्त्येष्टि गरिनेछ ।