श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल भदौ २४ गते शुक्रबार, ९ सेप्टेम्बर २०२२, नलनाम संवत्सर । भाद्र शुक्लपक्ष चतुर्दशी तिथि १८ः२१ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र धनिष्ठा ११ः४६ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः४६ बजे र सूर्यास्त ०६ः१५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनु पर्नेछ । आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । अवसरका लागि चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ । पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । भाग्यले साथ दिने हुँदा उपलब्धिका स्रोत पहिल्याउन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चुनौती र व्यवधानहरू पार लाग्नेछन् । मिहिनेत गरे लक्ष्य प्राप्त गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक काममा रुचि बढ्नेछ। शुभचिन्तकहरूले पनि राम्रै सहयोग जुटाउनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काममा प्रवृत्त हुने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गरे सजिलै लक्ष्यमा पुग्न सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नोकरी तथा व्यवसायमा फाइदा हुनेछ । भौतिक साधनहरू सङ्ग्रह हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ ।