पथरी । इलाका प्रहरी कार्यालय पथरीमा ३५० वटा मोबाइल चोरी भएको निवेदन परेको छ । चोरी भएको मोवाइल खोज्ने र अनुसन्धान गर्ने क्रममा प्रहरीले अहिले सम्म ११ वटा फेला पारेको छ ।
मोरङ इप्रका पथरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी मोबाइल धनीलाई मोबाइल फिर्ता गरेको छ । मोवाइलसंगै चोरीमा संलग्न ६ जनालाई पनि विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान गरिरहेको इप्रका पथरीका डिएसपी वेद प्रसाद गौतमले बताए ।
बिभिन्न समयमा चोरी भएको मोबाइल आइएमइआई कोड लगायतको माध्यमबाट मोबाइल पत्ता लगाई पक्राउ गरेको डिएसपी गौतम बताउँछन् । मोवाइल भेटिएको सवै पथरीशनिश्चरे नगरभित्रको मात्र रहेको छ । पथरीशनिश्चरे–४ का सुरज मगर, वडा नं. २ का बलबहादुर गजमेर, वडा नंं. १० की स्वस्तिका धिमाल, वडा नंं १ की अस्मिता अधिकारी, वडा नं. ८ का समिर दास दर्जी, वडा नं. ३ का घेमा ढकालले आफ्नो मोवाइल बुधबार प्रहरीबाट बुझ्ेका छन् ।
घरको झ्यालबाट तानेर, ढोका खोलेर, चार्ज गर्दै गरेको स्थलबाट प्राय मोबाइल चोरी भएको प्रहरी अनुसन्धानले जनाएको छ । भिभो, ओपो, रेडमी, पोको, हवाई मोवाइल चोरी पछि भेटिएको हो ।