बेलबारी । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा शनिबार पहिलो किरात राजा यलम्बरको सालिक अनावरण गरिएको छ ।

सालिकको प्रदेश १ का संस्कृति तथा पर्यटनमन्त्री खिना लुङ्वा लिम्बू र वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाले रिबन काटेर सालिकको अनावरण गरेका हुन् ।

कार्यक्रममा प्रदेश १ का सांसद् लोकप्रसाद सङ्ग्रौला, बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा, बेलबारी–११ का अध्यक्ष विक्रम बान्तवा राई, बेलबारी–६ का अध्यक्ष टेकबहादुर राई, किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईलगायत जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

बेलबारी–११ लक्ष्मीमार्गमा किरात राई यायोक्खा लक्ष्मीमार्गले यलम्बरको सालिकसहित पार्क निर्माण गरेको बेलबारी–११ का वडाध्यक्ष तथा किरात राई यायोक्खा लक्ष्मीमार्गका उपाध्यक्ष विक्रम बान्तवा राईले जानकारी दिए ।