धरान । झापाको मेचीनगर नगरपालिका–९ स्थित थोप्लेविरान सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणमा परी एकजनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार साँझ ५ बजे बुद्धशान्ति गाउँपालिका–५ की ३४ वर्षीया सम्झना श्रेष्ठको ज्यान गएको हो । वनभित्रको सडकमा मे.७ प २०४६ नम्बरको स्कुटीमा जाँदै गरेको अवस्थामा जङ्गलबाट आएको हात्तीले आक्रमण गर्दा गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए ।
घाइते बनेकी श्रेष्ठलाई तत्काल उपचारका लागि आम्दा अस्पताल धुलाबारी पठाइएकोमा उपचारको क्रममा साढे ६ बजेतिर उनको निधन भएको डिएसपी पाठकले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।