बेलबारी । नेपाल तरुण दल क्षेत्र नंम्बर ३ को आयोजनामा भदौ २१ गतेदेखि असोज ५ गतेसम्म बेलबारी १० भाउन्ने स्थित प्रस्तावित डाँगिहाट रंगशालामा तरुण गोल्डकप आयोजना हुने भएको छ ।
नेपालमै पहिलोपटक तरुण दलको आयोजनामा 'तरुण दलले नै गर्छ सारा युवाहरुको एकता, खेलकुदले नै गर्छ, जीवन स्वास्थ्य राख्ने प्रतिवद्धता' भन्ने मुल नारा सहित हुन लागेको गोल्डकपले युवाहरुको एकता मात्र नभएर खेलकुद क्षेत्रको समग्र विकासका लागि कोशेढुङ्गा सावित हुने भन्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई दुईलाख एक हजार नगद, ट्रफि र प्रमाणपत्र, दोश्रो हुने टिमलाइ एकलाख एक हजार नगद, ट्रफि र प्रमाणपत्र साथै प्रत्येक खेलमा म्यान अफ दि म्याच समेत प्रदान गरिनेछ । प्रतियोगितामा बेलबारीका ८, सुन्दरहरैंचाका ६, पथरीशनिश्चरेका ८ र कानेपोखरीका ४ वटा वडाका २६ वटा टिमहरु सहभागी हुनेछन् । कार्यक्रममा खेल संयोजक युबेन गुरुङ र तरुण दल क्षेत्र नम्बर ३ का सभापति छत्र लिम्बुले शुक्रबार भाउन्ने स्थीत सभाहलमा प्रतियोगिताका बारेमा जानकारी गराएका थिए ।