बिहीबार बिहान सुनसरी मोरङ सिंचाइ योजनाको बाङ्गेस्थित नहरमा नुहाउन गएकी एक किशोरी बेपत्ता भएकी छिन् ।

बिहान करिब ९ बजे भएको घटनामा बराहक्षेत्र नपा वार्ड ३ बस्ने १६ बर्ष कि सलिना खड्का नहरमा डुबेर वेपत्ता भएकी हुन् ।

ऋषि पञ्चमीमा नुहाउन आएका खड्का सँगै अन्य ३ जनाको उद्दार गरी  उपचारको लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी  निरीक्षक राजेश दत्तले जानकारी दिए ।

बाङ्गे बजारबाट ३ सय मिटर पर चतरातर्फको बिस्तापित बस्तीस्थित नहर भएको घटनामा  बेपत्ताको खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ  ।