रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ । खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेबको हो ।

मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेशकुमार सिंहले जानकारी दिए। सुदनिया र जगिया एउटै परिवारका हुन् । 

चट्याङबाट ४० वर्षीया सैली देवी घाइते भएकी छिन् । यसैबीच गरुडा नगरपालिकाका प्रमुख कन्थमणी जयसवालले घटनास्थल पुगेर पीडित परिवारलार्ई सहयोग गर्ने आश्वासन दिएको प्रमुख प्रशासकिय अधिकृत रामबाबु यादवले जानकारी दिए ।