धरान उपमहानगरपालिकामा रेड पान्डाको छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान १७ स्थितबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा ई धरान १५ श्याम चोकमा डेरा गरी बस्ने मोरङको केराबारी गाउँपालिका वडा नम्बर ६ का  रोजिक राई  धरान उपमहानगरपालिका वडा नम्बर १७ का सुदेश बिक र मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ७ का निश्चल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । कार्यालयका अनुसार विशेष सुराकीका आधारमा पक्राउ गरेका उनीहरूको साथबाट कालो खैरो रङ्गको पान्डाको छाला बरामद भएको थियो । 

पक्राउ गरिएका तीनै जनालाई तरहरा स्थित सब डिभिजन वन कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये निश्चलले सङ्खुवासभाबाट विक्रीका लागि ल्याइएको भन्ने खुलेका भए पनि  उनी पनि भरिया भएको हुनसक्ने बताइएको छ ।