विराटनगर । मोरङको सलकपुर सब डिभिजन वन भित्र कार्यालय प्रमुखसहित वन कमाण्डरको मिलेमतोमा हुने गरेको अनियमितताको विरोध गर्दा सशस्त्र वन रक्षक प्रेम विष्टको सरूवा भएको छ । वन भित्र हुने गरेको अनियमितता बारिहने डरले सशस्त्र वन कमाण्डर कुमार बस्नेतको योजना अनुसार वन रक्षक विष्टको सरूवा भएको हो ।

विष्ट २०७१  मंसिर २४ गते नियुक्त भएका वन रक्षक हुन् । उनी करारका कर्मचारी हुन् । प्रदेश मातहतमा रहेको वन कार्यालय अन्तर प्रदेश सरूवा नहुने गरेको छ । तर, सव डिभिजन प्रमुखको मिलेमहतोमा वन कमाण्डर बस्नेतको योजना अनुसार सुनियोजित तरिकाले मधेश प्रदेश सरूवा गरेको विष्टले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । उनले अनियमिततामा संलग्नलाई छानविन गरि कडा कारवाही हुनुपर्ने माग समेत राखेका छन् ।  

सलकपुर वन सव डिभिजन मातहत भित्र रहेको सामुदायिक वन भित्र अनुमति पाएको भन्दा हजारौ क्युफिट काठ वनका कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा बढी कटान गरेको काठको भिडियो बनाएर विष्टले अनियमतिताको विरोध गर्दा उनको मधेश प्रदेशमा रहेको सर्लाहीको शम्भूनाथ वन कार्यालयमा सरूवा भएको हो । 

वन कमाण्डर कुमारबहादुर बस्नेतको मुख्य योजनामा सामुदायिक वनका अध्यक्ष जनक कुमार खत्रीले अनुमति पाएको भन्दा बढी काठ कटान गरि उपभोक्ता समितिसँग मिलेमतोमा व्यापक रूपमा घोटला गरेको विष्टले आरोप लगाए । वन कमाण्डर बस्नेत अवकासप्राप्त पूर्व नेपाली सेना हुन् ।  डिभिजन वन कार्यालय मातहतमा रहेको सामुदायिक वनले ३ हजार ३ सय ५९ क्यूफिट काठ काटने २०७७ वैशाख २२ गते अनुमति पाएको थियो । तर, वन कमाण्डर बस्नेतको योजना अनुसार अनुमति पाएको भन्दा हजारौ क्यूफिट काचो विभिन्न प्रजातिका काठहरू ढलान गरि विक्री वितरण गरेको विष्टको भनाई छ । ‘काठ कटनानको अनुमति पाएपछि ढलेका सुकेका रूखहरू कटान गरि निकाल्नुपर्ने हो । तर यहाँ काचो रूखहरू ढलान गरेका थिए । यसरी काँचो रूख कटान गरेको भेटिएपछि मैले त्यसको भिडियो बनाएर राखेको थिए,’ उनले भने, ‘यसरी वन कमाण्डर र वनका कर्मचारीहरूको मिलेमतोमा हुने गरेको भ्रष्टचार बाहिर ल्याउने भएकोले मेरो सुनियोजित तरिकाले सरूवा गरेको हो ।’

सलकपुर सव डिभिजनमा भएको काठ अनियमितताको छानबीन गर्न २०७८ माघ ३ गते अख्यितयार दुरुपयोग अनुसन्धानको टोलीले छानबीन सुरु गरेको छ । अख्यियारले छानबीन सुरु गरेपछि वन भित्र भएको घोटलाको विषयमा सबै बोलिनदिने र दशी प्रमाणहरू दिने भएकोले मेरो अनयन्त्र सरुवा गरेको उनले बताए । 

सलकपुर सव डिभिजन वनमा सम्झौताभन्दा हजारौ क्युफिट बढी काठ कटान गरिएकोले अहिले अख्यितारले अनुसन्धान सुरु गरेको हो । वनमा भएको अनियमितताको विरो गर्दा वन कार्यालयका प्रमुखदेखि कर्मचारीले सेटिङ्गमा सरुवा गरेको उनको भनाई छ । विष्ट ३३ वर्षदेखि सर्पको संरक्षण गर्दै आएका छन् । उनले पाँच हजार भन्दा बढी  सर्पको उद्धार गरेका छन् । यता कमाण्डर बस्नेतले सरूवा डिभिजन वन कार्यालयले गर्ने भएकोले आफ्नो कुनै संलग्न नभएको बताए । ‘काठ कटानको पनि अनुमति डिभिजन वन कार्यालय दिने हो,’ उनले भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’