देउराली ।  धरानका नगर प्रमुख हर्क साम्पाङ विरुद्ध साइबर अपराध अन्तरगतको मुद्दा दर्ता भएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज समेत रहेकी  निवर्तमान उपप्रमुख मञ्जु भण्डारीले आफ्नो नाम र फोटोको दुरूपायोग गरी सामाजिक सद्भाव भड्काउने गरी फेसबुक पोस्ट स्क्रिनसट जस्तो  उत्पादन गरेर नगर प्रमुख साम्पाङले  नसोधी आफ्नो फेसबुक पेजमा पोस्ट गरेको भन्दै  उनी विरुद्ध साइबर ब्युरो भोटाहिटीमा मुद्दा दर्ता गरेको बताएकी छन् । 

उनले आफ्नो नाम र फोटोको प्रयोग गरेर  बनाइएको भ्रामक स्क्रिनसट पहिलो पटक नगर प्रमुख साम्पाङको पेजमा भएको पोस्ट भएको देखेकोले पहिलो देखेको आधारमा साम्पाङ विरुद्ध मुद्दा दायर गरेको बताइन् । 

नगर प्रमुख साम्पाङको आधिकारिक फेसबुक पेज ' हर्क सम्पाङ अ  रेभुलुसन '  बिहान  निवर्तमान उपप्रमुखले सामाजिक एकता भत्काउन खोजेको भन्दै  एक पोस्ट गरेका थिए । उक्त पोस्टमा 'धन्यवाद मञ्जु मेडम ! तर तपाइँको यो अभिव्यक्तिले राई लिम्बु, क्षेत्री बाहुन, भनेर धरानलाई भाँड्न खोजे पनि हाम्रो सामाजिक एकता तपाइँले सोचे जस्तो कमजोर छैन ' लेखिएको छ भने उक्त पोस्टसँगै भण्डारीको नाम र फोटोको प्रयोग भएको फेसबुक पोस्ट जस्तो देखिने एक स्क्रिन सट समावेश गरिएको छ ।  

उक्त स्क्रिन सटमा  नगर प्रमुख साम्पाङ विरुद्ध पार्टीका खास गरी राई र लिम्बु जातिलाई भड्काउने गरी ' हर्केका अरिङ्गलहरुले धरानको सम्पुर्ण एमालेलाइ चौतर्फी हमला गरिरहँदा नेकपा एमालेमा आवद्ध बिशेष गरी राई लिम्बु कमरेडहरु किन चुप चाप बस्नु भएको हो ?’ भनेर प्रश्न गरिएको छ । भने  ‘ज्यानको बाजी लगाएर मैदानमा उत्रन’ अनुरोध गरिएको र ‘यस्तै हो भने आगामी दिनमा हाम्रो पार्टी एमालेले धरानको कुनै समितिमा राई लिम्बु हरुलाइ कुनै स्थान नदिने कुरा अग्रिम रुपमा बताउदैछु ।’ भन्दै भड्काउ पूर्ण भाषाको प्रयोग भएको छ । 

भण्डारीकाे प्रतिक्रया

नेकपा उमालेकी केन्दीय सदस्य समेत रहेकी भण्डारीको  फेसबुक पोस्ट भन्दै नगरप्रमुखले आफ्नो फेसबुक पेजमा उक्त स्क्रिन सटको प्रयोग गरेसँगै  उक्त पोस्ट आफ्नो नभई भ्रममा नपर्न आग्रह गरेकी थिइन्  । उनले  'फेसबुकमा मेरो फोटो राखेर फेक आईडी बनाएर  समुदाय साथै पार्टी भित्रै जातीय विद्वेश फैलाउने हरकत गरेको पाईयो । सँगसँगै पार्टीका अन्य नेता कार्यकर्ताहरूको पनि फेक आईडी बनाएर थप भ्रम सिर्जना गर्ने काम भईरहेको छ ।  छद्म भेषमा यस्ता अपराधिक गतिविधिमा संलग्नहरूका यी र यस्ता खाले कृयाकलापबाट भ्रममा नपर्न म सबैमा अनुरोध गर्दछु । ' भन्दै आफ्नो फेसबुक आइडीमा  एक पोस्ट गरेर अनुरोध गरेकी छन् । 

उनले आफूमाथि भएको साइबर अपराधको कानुनी उपचार खोज्ने तयारी गरिरहो बताएकी छिन् । ' हामी कानुनी उपचारमा जान्छौँ  त्यो फेक स्क्रिनसट कसले बनायो । कसले र कुन प्रयोगजनक लागि सेयर हुदैछ त्यो पनि खोजी गरेर सबैलाई कानुनको कठघरमा उभ्याउँछौँ  । '

 उनले  बिहीबार साँझ पत्रकार सम्मेलन गरी नगर प्रमुखले  जातीय सद्भावमा खलल पुग्ने गरीका फोटो सामग्री उत्पादन गर्ने  फेसबुक पोस्ट गर्ने गरेको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएकी छिन् । उनले आफ्नो फेसबुक आइडीमा इम्प्रेसन भएको जस्तो देखिने गरी आदिवासी जनजाति प्रति लक्षित गरेर धरानको सामाजिक सद्भावलाई खलल पुग्ने गरी नगर प्रमुख साम्पाङको फेसबुक पेज ' हर्क साम्पाङ अ रेभुलुसन ' नामक पेजमा पोस्ट  गरेको भन्दै नगर प्रमुख साम्पाङको उक्त कार्यको निन्दा गरेको बताइन् । उनले  भनिन् " नगर प्रमुखलाई मुद्दा हाल्ने भन्ने राम्रो कुरा थिएन  हामी बाध्य हुन नपरोस भनेर संयमितता अपनाइरहेका थियो । तर वहाँले आक्रमणको शैली अपनाउनु भयो, आज हाम्रो मेरो  फेक आइडी तयार पारियो अनि बाध्य भएर आज मैले साइबर ब्युरो भोटाहिटीमा मुद्दा दर्ता गरी सकेको छु । "

296118503_557641612824240_3568889306632113680_n

भ्रामक स्क्रिनसट 

नगर प्रमुख साम्पाङ्ले सेयर गरेको मञ्जु भण्डारी नाम  गरेको फेसबुक पोस्टको स्क्रिन सट अन्य फेसबुक पोस्टहरू भन्दा भिन्न रहेको छ । जसमा आइडीमा प्रयोग गएको  भण्डारीको तस्बिर चारकुने आकारको छ जुन फेसबुकले ४ वर्ष अघि नै गोलाकारमा रूपान्तरण गरेको  थियो ।

त्यस्तै,  पोस्टमा प्रतिक्रिया जनाइने  (कमेन्ट र सेयर )  बायाँ तर्फ रहेको छ ।  जुन  दायाँ तर्फ हुने गर्दछ । त्यस्तै फेसबुकमा पोस्ट हेर्ने जो कोहीले उक्त पोस्टमा लाइक गरेको छ भने 'यु' र उनको साथीले पनि प्रतिक्रया जनाएकाे भए उक्त साथीको नामसहित प्रतिक्रिया जनाउनेको सङ्ख्या देखाउने गर्दा छ ।

तर, साम्पाङले  पोस्ट गरेको भण्डारीको फेसबुक पोस्टको भनिएको स्क्रिन सटमा  साथीको नामको सट्टा 'फ्रेण्डस् नेम' भनेर रहेको छ। 

पत्रकार मिलन बिछाेडले पनि साइबर व्युराेमा दिए निबेदन 

नगर प्रमुखले पाेष्ट गरेकाे स्क्रिन सटकाे  भ्रामक  भाइरल भइरहँदा त्यसकाे केही समयपछि  इटहरीका कवि जीवी गजल, ग्यालेक्सी फोर केका सह–सम्पादक मिलन बिछोडसहित भण्डारीको फेसबुक ग्रुप च्याट भएको भन्दै अर्को स्क्रिन सट भाइरल बनेको थियो जसमा भण्डारीले जातीय सद्भाव विरुद्धको  केहि लेखेकी जस्ताे देखिन्छ भने जीवी गजल र मिलन विछाेडले पनि केही लेखेकाे  देखिने गरी भ्रामक ुम्बादकाे ढाचा बनाइएकाे छ । 

295986191_10222329655456727_3283545965688368192_n

उक्त फेसबुक ग्रुप संवादको स्क्रिन सटलाई लिएर पत्रकार मिलन बिछोडले भोटाहिटी स्थित साइबर ब्युरोमा जातीय सद्भाव बिगार्ने कुरा  उल्लेख गरी आफ्नो नाम र तस्बिर प्रयोग गरेर  बिना अनुमति सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै छानबिन गरी दोषी पत्ता लगाउन र कारबाहीको माग गर्दै निवेदन दिएका छन् । 

297382291_5165015553620142_4568702313621304786_n