देउराली ।  धरान स्थित मञ्जुश्री पोलिक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर प्रालिले  धरान १० पुतलीलाइनमा मञ्जुश्री सुपर स्पेश्यालिटी आई केयर सेन्टर प्रालि सञ्चालनमा ल्याएको छ । सञ्चालक विकास खड्काले सञ्चालनमा ल्याएको उक्त आई केयर सेन्टरको बुधबार प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले उद्घाटन गरेका छन् । 

विगत २५ वर्ष देखी  धरान  र धरान बाहिरबाट डाक्टरहरू ल्याइ स्वास्थ्य सेवा दिइरहेको पोलिक्लिनिक एण्ड डायोग्नोष्टिक सेन्टर करिब ३ करोडको एकल लगानीमा उक्त आई केयर सेन्टर सञ्चालनमा ल्याएको सञ्चालक खड्काले बताएका छन् । 

उद्घाटनका क्रममा धरानमा निजी क्षेत्रमा पनि  राम्रो विशेषज्ञ सेवासहितको उपचार खोजिरहेको अवस्थामा उक्त  विशेषज्ञ सेवासहितको उपचार सेवा उपलब्ध  गराउने गरी आँखा अस्पतालको सुरुवात गरिएको सञ्चालक खड्काले  बताएका छन् ।

ओपिडी सेवादेखि अप्रेसनसम्मको सबै सुविधा उपलब्ध  हुने गरी सञ्चालनमा आएको  सेन्टरमा मेची अस्पतालका वरिष्ठ डाक्टरले  विशेषज्ञ सेवा दिने छन् भने , सेवाग्राहीले विराटनगरका  निजी अस्पताल हुने उपचार खर्च भन्दा ५ देखि १० प्रतिशत कम खर्चमा सुविधा सम्पन्न ल्याब सेवा गुणस्तरीय सेवा पाउने खड्काले बताएका छन् । 

सेन्टरमा सातै दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा उपलब्ध हुने पनि उनले बताए ।

उद्घाटनका क्रममा बोल्दै  सभामुख भण्डारीले गुणस्तरीय उपचार सेवा दिएर सेवाग्राहीको मन जित्न सुझाव दिएका थिए । उनले बिरामीसँग गरिने व्यवहारले पनि आधा विराम निको पार्न सकिने भन्दै डाक्टर, नर्स तथा कर्मचारी शिष्ट व्यवहार, मिठो बोली आवश्यक हुने बताए । 

सञ्चालक खड्काले कर्मचारी शिष्ट व्यवहार संस्थाले उपलब्ध गराउने सेवा सुविधा र  कर्मचारी प्रति गरिने व्यवहारले प्रभाव पर्ने भन्दै कर्मचारीको कर्मचारीको सेवा सुविधा र उनीहरूको प्रतिको सकारात्मक व्यवहार  प्रति प्रतिबद्धताका साथ सेवाग्राहीका साथ गरिने शिष्टतामा कुनै आँच नआउने बताए । 

उनले  सुरुवाती चरणमा एक जना विशेषज्ञ डाक्टरसहित १० जना कर्मचारी रहेको पनि उनले बताए ।