धरान । डिपो स्कुलको आयोजना आइतबारदेखि प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ कप सुरु भएको छ ।

उद्घाटनको दिन सगरमाथा स्कुल, चिल्ड्रेन एकेडेमी, टावर टेम्पल स्कुल बिर्तामोड र कार्मेल हाईस्कुल विजयी भएका छन् । सगरमाथा स्कुलले युएन स्कुललाई २४–२२, चिल्ड्रेन स्कुलले हिमशिखर तरहरालाई ३४–१४, टावर टेम्पल स्कुल बिर्तामोडले धरानको सुनाखरी स्कुललाई ३९–२ र कार्मेल स्कुलले दिल्ली पब्लिक स्कुललाई २६–१५ अंकले हराएको छ । 

कार्यक्रमको उद्घाटन धरान नगरका प्रमुख हर्क साम्पाङ र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्ययवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्वूले संयुक्त रूपमा गरे । प्रतियोगितामा धरान र धरानबाहिरका गरी १६ वटा विद्यालय सहभागी छन् । धरान बास्केटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता भइरहेको हो ।