विराटनगर  नेपाल विद्युत् प्राधिकरण १ नम्बर प्रदेश कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा मात्रै समयमै महसुल नबुझाउने २८ हजार ५ सय ग्राहकको लाइन काटेको छ । जसमध्ये २५ हजार १ सय २२ जनाले पुनः लाइन जोड्दा ३९ करोड ८५ लाख महसुल सब्कलन भएको नेपाल विद्युत्प्रा धिकरण प्रदेश कार्यालयले जनाएको छ । सबैले लाइन जोड्दा भने ४३ करोड महसुल उठ्नुपर्ने थियो ।

यद्यपि ९२.८ प्रतिशत ग्राहकबाट महसुल उठ्नु राम्रो सङ्केत भएको नेपाल विद्युत् प्राधिकरण प्रदेश १ का प्रमुख राजन ढकालले बताए । सबैभन्दा बढी लाइन काटिने जिल्लामा इलाम रहेको छ ।

इलामका ३ हजार ३ सय ८० जना ग्राहकको लाइन काटिएको प्राधिकरणको रेकर्डमा उल्लेख छ । त्यसपछि मोरबको बेलबारी वितरण केन्द्रअन्तर्गतका २ हजार ४ सय २८ जना ग्राहकको लाइन काटिएको छ । सबैभन्दा कम लाइन काटिने ग्राहकको सब्ख्या भने ओखलढुब्गा, पाँचथर, तेह्रथुम, भोजपुर छन् । जसमा २ सयभन्दा कम ग्राहकले समयमै विद्युत्म हसुल नतिर्दा उनीहरूको लाइन काटिएको छ ।

प्राधिकरणको प्रदेश कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ४१ करोड बढी विद्युत् महसुल सब्कलन गरेको प्रारम्भिक अनुमान गरेको छ । प्राधिकरणले आफ्ना ग्राहक सब्ख्यामा पनि उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षमा मात्रै ५० हजारभन्दा बढी ग्राहक थपिएका छन् । अब प्रदेश १ मा विद्युत् उपभोग गर्ने ग्राहकको सब्ख्या ९ लाख ७ हजार हाराहारी पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा भन्दा गत आर्थिक वर्षमा १ अर्ब ६५ करोड बराबरको १८ करोड ६२ लाख युनिट बिजुली बढी बिक्री भएको हो । जसका कारण अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा १ अर्ब ६५ करोड बढी अर्थात् ९६ प्रतिशत महसुल उठेको हो । प्राधिकरण प्रदेश १ कार्यालयले यो गत वर्षमात्रै लगभग १ अर्ब ४१ करोडभन्दा बढी युनिट बिक्री हुँदा साढे १२ अर्ब हाराहारी महसुल सङ्कलन गरेको छ ।

प्रदेश कार्यालयका प्रमुख ढकालका अनुसार प्रदेश१ मा चुहावटको दर पनि केही घटेको छ । अघिल्लो वर्ष १२ प्रतिशतले चुहावट हुँदा गत वर्षको चुहावट दर भने ११.७ प्रतिशतमा आइपुगेको छ । विद्युत्प्रा धिकरणको समग्र देशभरमा चुहावट भने साढे गत आर्थिक वर्षमा १५ प्रतिशतमा आउने अनुमान गरिएको छ भने यसअघि यो दर साढे १६ प्रतिशत थियो ।

यी उद्योगले तिर्छन् वार्षिक ३ करोड

प्रदेश १ मा झापा, मोरङ र सुनसरीका २८ उद्योगले वार्षिक ३ करोडभन्दा बढी विद्युत् महसुल तिर्ने गरेका छन् । यी सबै उद्योगहरूमा मात्रै २ अर्ब ५७ करोड ७१ लाख ८ हजार ४ सय २३ रुपैयाँको विद्युत् खपत हुने गरेको छ ।

सुनसरीको इनरुवा वितरण केन्द्रबाट बाबा पेपर मिल्स, अरविन्द पेपर मिल, धरान वितरण केन्द्रबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २ वटा लाइन, इटहरी वितरण केन्द्रको रिलायन्स स्पिनिब मिल र अरिहन्त अटो कन्फिगरेसन प्रा.लि., उदयपुरको उदयपुर सिमेन्ट उद्योगले पनि वार्षिक ३ करोडभन्दा बढी मूल्यको विद्युत् उपभोग गर्दछन् ।

यस्तै विराटनगर वितरण केन्द्रअन्तर्गत भने आरती स्ट्रिप, रघुपति जुटमिल, शिवम् प्लाष्टिक, नोबेल मेडिकल कलेज, एमएस नेपाल अल्ट्रा टेक सिमेन्ट प्रा.लि.,सप्तकोशी सिमेन्ट, हुलास वायर, स्वस्तिक आयल, प्रिमियर वायर, कमला रोलिब मिल, नेपाल दूरसञ्चार संस्थान पनि धेरै विद्युत् महसुल बुझाउने उद्योगहरूमा पर्छन् ।

यस्तै झापाको धुलाबारीको सनराइज सिमेन्ट, धनकुटाको निगाले सिमेन्ट, दुहबी वितरण केन्द्रअन्तर्गतको पशुपति आइरन, स्वस्तिक रोलिब, पशुपति सिन प्याक, अरिहन्त मल्टिफाइबर, प्रिमियर स्टिल, अरिहन्त पोली प्याक लि., एसियन थाइ फुड्स र सनराइज पेपर मिल्स रहेका छन् । प्रदेश १ मै सबैभन्दा धेरै विद्युत् खपत गर्ने उद्योग भनेको इटहरी वितरण केन्द्रअन्तर्गत रहेको रिलायन्स स्पिनिब मिल हो ।

उक्त मिलले मात्रै वार्षिक ५८ करोड २१ लाख ३३ हजार ३ सय ३ रुपैयाँ बराबरको विद्युत् महसुल तिर्ने गरेको छ । यस्तै आरती स्ट्रिप्सले २४ करोड ७९ लाख, पशुपति आइरन एन्ड स्टिलले ३७ करोड ३४ लाख, स्वस्तिक रोलिब मिलले १२ करोड २० लाख, उदयपुर सिमेन्ट उद्योगले १५ करोड ५६ लाख विद्युत् महसुल तिर्दै आएका छन् ।