श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल साउन ५ गते बिहीबार, २१ जुलाई २०२२। नलनाम संवत्सर, श्रावण कृष्णपक्षको अष्टमी तिथि ०८ः३१ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र अश्विनी १४ः३३ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ०५ः२० बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम भने दोहो¥याउनु पर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको विश्वासमा पर्दा धोका हुनसक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार, साझेदारी र सट्टापट्टाबाट लाभ मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सञ्चित धनको उपयोगले फाइदा हुनेछ। सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। अपरान्हतिर खर्च बढ्नाले कर्जा लिनुपर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनु होला। वैदेशिक यात्राको योग रहेको छ ।