धरान । धरान मेघा थ्री बाई थ्री एसईई स्तरीय खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि चिल्डे«न एकेडेमीले जितेको छ ।

बुधबार सम्पन्न फाइनलमा होलिल्यान्ड स्कुललाई १२–१० झिनो अंकको अन्तरले पारजित गरेको हो । विजेताले नगद ६ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । होलिल्यान्डले नगद तीन हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । कार्यक्रमका अतिथि सियोन स्कुलका अध्यक्ष खड्क थापा मगरले विजेता, उपविजेताले थप एक–एक हजार रुपैयाँ दिएका थिए । आयोजकले भने ५ हजार र २ हजार ५ सय रुपैयाँ नगद दिने घोषणा गरेको थियो ।

धरान बास्केटवल संघको आयोजना प्रतियोगिता भएको हो । धरानको मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न भएको छ । विजेता तथा उपविजेतालाई धरान १८ का अध्यक्ष नरेन्द्रकुमार राई, धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेल, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ र सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले पुरस्कार वितरण गरे । मंगलबारदेखि सुरु भएको प्रतियोगितामा १८ टिम सहभागी थिए ।