भद्रपुर । झापा गाउँपालिका वडा नं ५ सिमलडाँगीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ ।

वुधबार बिहान झापा गाउँपालिका ५ सिमलडाँगी बस्ने अवदुल कोरिम अलीको घरमा विद्युत सर्ट भई आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागीबाट टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख, अब्दुल जुलास अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख,अमोर अली टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी २ लाख ५० हजार , अनाबर अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख ५० हजार , ईस्माइल अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख ७५ हजार र समित अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ४ लाख ५० हजार बराबरको क्षति भएको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट सइ र प्रहरी चौकी शरणामतिबाट  असईको कमाण्डमा टोली खटिगई स्थानीय समेतको सहयोगमा आगो बिहान साढे ५ बजे पूर्णरुपमा निभाइएको उनले जनाए ।