श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन ४ गते बुधबार, २० जुलाई २०२२। नलनाम संवत्सर, श्रावण कृष्णपक्षको सप्तमी तिथि ०७ः५५ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र १३ः०७ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्याेदय ०५ः२० बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शत्रुहरू स्वतः किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ईष्र्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ । लामो दूरीको यात्रा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ दिन छाड्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन् । तापनि मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषिक्षेत्रबाट लाभ मिल्नेछ । गरेका काम सम्पादन हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिले खर्च बढाउनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ । फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरवादीहरूबाट सजग रहनुहोला । खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ । सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ ।