श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन ३ गते मङ्गलबार, १९ जुलाई २०२२।नलनाम संवत्सर, श्रावण कृष्णपक्षको षष्ठी तिथि ८ः०९ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र उत्तरभाद्र १२ः२९ बजेसम्म, उप्रान्त  रेवती, चन्द्रमाराशि मीन, सूर्याेदय ०५ः१९ बजे र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न समय लाग्नेछ । तापनि सम्भावना खोजी गर्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिले बिग्रिएको काममा दोहो¥याएर प्रयत्न गर्नुहोला । लाभ उठाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ । तर, अतिथिको आगमनले केही समय काम रोकिन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । परिस्थितिवश अध्ययनमा त्यति समय दिन नसकिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । प्रयत्न गर्दा पछिसम्म लाभ हुने काम गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको उपलब्धि भने कमजोर देखिनेछ । आफ्नै वचनले समस्या निम्त्याउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गर्दा आयस्रोत फेला पर्नेछन् । नयाँ तथा नियमित काम सम्पादन गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार–व्यवसाय बढ्नेछ । आम्दानी पनि मनग्य हुनेछ । खर्च बढ्नाले अर्थ अभाव हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ईष्र्या गर्नेहरूले फसाउन सक्छन् । सोखले फजुल खर्च पनि बढाउनेछ । अलि सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आलश्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ । आवश्यकता पूरा गर्न ऋण लिनुपर्ने हुनसक्छ ।