श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल साउन २ गते सोमबार, १८ जुलाई २०२२ । नलनाम संवत्सर, श्रावण कृष्णपक्षको पञ्चमी तिथि ०९ः१५ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र पूर्वभाद्र १२ः४१ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि मीन, सूर्याेदय ०५ः१९ बजे र सूर्यास्त ७ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँटेको काममा अवरोध आउनुका साथै खर्चसमेत बढ्न सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नै कमजोरीले विवादमा परिएला । प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । काममा स्थानान्तरण हुने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्राका लागि खर्च हुनेछ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयमा सजग नहुँदा महŒवाकाङ्क्षी योजना बिग्रन सक्छ । केही चुनौती देखा पर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भेटघाटमा अलमलिनाले चिताएका काम रोकिन सक्छ । मिहिनेत गरेमा फाइदा उठाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । स्वस्थ्यमा ध्यान दिनु पर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हड्बडले काम बिग्रनेछ । सानो गल्तीले मौका गुम्न सक्छ । बोलीको कारण विवादमा परिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा त्यति समय दिन नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाए लक्ष्य प्राप्ति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ । केही खर्च लागे पनि सोख पूरा गर्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुनेछ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् ।