श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  ३२ गते, शनिबार, १६ जुलाई २०२२ । नल संवत्सर । श्रावण कृष्णपक्षको  तृतिया तिथि १३ः४७ , बजे सम्म उप्रान्त चतुर्थि, नक्षत्र धनिष्ठा १५ः२८ बजे सम्म उप्रान्त  शतभिषा । चन्द्रमाराशि–कुम्भ  । सुर्याेदय ०५ः१८ बजे र सुर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ । शुभचिन्तकहरू टाढिनेछन् । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धेरै श्रम परे पनि लाभांश थोरै मिल्नेछ । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन् । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ । काम बिग्रने भयले सताउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफ्नो वस्तुमा समेत अरूले दाबी गर्नेछन् । धेरै श्रम परे पनि लाभांश थोरै मिल्नेछ । काम दोहोर्याएर गर्नुपर्नेछ।