श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  ३१ गते शुक्रबार, १५ जुलाई २०२२। नलनाम संवत्सर, श्रावण कृष्णपक्षको द्वितीया तिथि १६ः५८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र श्रवण १७ः४८ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्याेदय ०५ः१७ बजे र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ। भौतिक साधन प्राप्त हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। रमाइलो यात्रा हुन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धामा जिताउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन् । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ । अपरिचितसँग सावधान रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक काममा पनि फाइदा हुनेछ । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयमा होस् नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा लगानी बढाउनु पर्ने देखिन्छ । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । कमी कमजोरीलाई सुधार गर्ने मौका छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मान–सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्नेछ । तपाईंका कार्यको प्रशंसा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले काममा साथ दिनेछन् । फाइदा हुने योग छ । विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ ।