श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  ३० गते बिहीबार, १४ जुलाई २०२२, नलनाम संवत्सर। श्रावण कृष्णपक्षको प्रतिपदा तिथि २०ः३२ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तराषाढा २०ः३२ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रराशि मकर, सूर्योदय ०५ः१७ बजे र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फाइदा हेर्दा नाम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महŒवपूर्ण धनमाल हराउन सक्ला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिको चक्रमा अलमलिनु पर्ला । कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गोपनीयता बाहिरिनाले केही समस्या देखापर्नेछन् । तापनि लगनशीलताले उत्साह जगाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ।