श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  २९ गते बुधबार, १३ जुलाई २०२२ । नलनाम संवत्सर, असार शुक्लपक्षको पूर्णिमा तिथि  ००ः४०, बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वाषाढा २३ः३० बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ०५ः१६ बजे र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गरेमा फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्म–कर्म तथा परोपकारमा प्रवृत्त भइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चिताएको काम छिट्टै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला । स्वास्थ्य कमजोर रहनाले यात्रा अलि कष्टपूर्ण हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम बन्न समय लागे पनि सकारात्मक सङ्केत प्राप्त हुनेछ । थन्किएका वस्तुको उपयोग हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम सफल पार्न सकिनेछ ।