श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं. २०७९ साल असार २८ गते मङ्गलबार, १२ जुलाई २०२२, नलनाम संवत्सर, असार शुक्लपक्षको त्रयोदशी ०७ः५६  तिथि बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र ज्येष्ठा ०५ः२४ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रराशि वृश्चिक, सूर्योदय ०५ः१६ बजे र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लक्ष्यमा पुग्न प्रतिस्पर्धी विरुद्ध कठोर नीति अवलम्बन गर्नुपर्ला । पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौती पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम सम्पादन हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पढाइ–लेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ। सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नु पर्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । उपहारले उत्साह जगाउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । व्यवसायमा आम्दानी बढ्नेछ । भौतिक साधन जुटाउने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परोपकारमा मन जानेछ । शुभचिन्तकहरूले साथ दिनाले कामको उद्देश्य सजिलै प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । नाम, दाम र इनाम कमाउने बेला छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न अवसरले पछ्याउनेछन् । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्ला । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ ।