श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  २७ गते सोमबार, ११ जुलाई २०२२ । नलनाम संवत्सर, असार शुक्लपक्षको द्वादशी  तिथि ११ः२३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अनुराधा ७ः५८ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्याेदय ०५ः१५ बजे र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै धन आर्जन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
करकापमा परी काममा जुट्नुपर्ने अवस्था रहनेछ । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च तथा विवाद बढ्ने समय रहेकाले महŒवाकाङ्क्षी योजनामा अघि नबढ्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
केही काम रोकिनाले रकम प्राप्त नहुन सक्छ । उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गोपनीयता बाहिरिनाले काम दोहोर्याउनु पर्ला । स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला । परिबन्दले केही समस्या निम्त्याउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा साथीभाइबाट सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महŒवाकाङ्क्षाले लक्ष्यमा पु¥याउनेछ, क्रियाशील रहनुहोला ।