श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार २६ गते आइतबार, १० जुलाई २०२२ । नलनाम संवत्सर, असार शुक्लपक्षको एकादशी  तिथि ११ः३९ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र विशाखा १०ः०५  बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि वृश्चिक, सूर्याेदय ०५ः१५ बजे र सूर्यास्त ७ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । सुखद् समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
द्वेष तथा ईष्र्या गर्नेहरूले सताउन सक्छन् । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायले मनग्य आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अतिथिका रूपमा मान–सम्मान प्राप्त होला । टाढिएका साथीभाइसँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
महत्वाकाङ्क्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पु¥याउन सक्छन् । अरूले फाइदा लिनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ । तर, हतारमा गरिएको काम दोहोर्याउनु पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइएला ।