श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  २५ गते, शनिबार, ९ जुलाइ २०२२ । नल संवत्सर । असार शुक्लपक्षको दशमी  तिथि, १६ः५२ बजे सम्म उप्रान्त एकादशी, नक्षत्र स्वाती ११ः३६  बजे सम्म उप्रान्त विशाखा । चन्द्रमाराशि–तुला । सुर्याेदय ०५ः१४ बजे र सुर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अध्ययनमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भित्र्याउने समय छ । मेहनत गर्दा दिगो फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

काममा अरूको भरपर्नु भन्दा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । अलि सर्तकता अपनाउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मित्रता र प्रेमको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखद रहनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बलभन्दा बुद्धिको उपयोगले काम सम्पादन हुनेछ । मिहिनेतले आम्दानी बढाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्दा काममा पछि परिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ । तापनि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । वचन पु¥याउन नसक्ता कमजोरीमाथि टिप्पणी हुन सक्छ ।