श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  २४ गते शुक्रबार, ८ जुलाई २०२२।नलनाम संवत्सर, असार शुक्लपक्षको नवमी तिथि, १८ः३९ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र चित्रा १२ः२७ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि तुला, सूर्याेदय ०५ः१४ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विश्वास नलागेको कामसमेत बन्न सक्छ । चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भौतिक साधन जुट्नाले काम बन्नेछ । साहसिक काम गरेर लाभ उठाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सुखद् समाचारले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ । अरूको विश्वास जित्न केही समय लाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर, प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ ।