श्री शालवाहनीय शाके १९४३ ने.सं.११४२ वि.सं.२०७९ साल असार २३ गते बिहीबार, ७ जुलाई २०२२, नलनाम संवत्सर। असार शुक्लपक्षको अष्टमी  तिथि १९ः४४ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र हस्ता १२ः३४ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्याेदय ०५ः१४ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूका लागि बुद्धि र धन खर्चनु पर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ईष्र्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । आर्थिक लाभ हुने कामबाट फाइदा हुने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यका लागि आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पु¥याउनुहोला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको चापबाट पनि फुर्सद पाइनेछ। खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउनेछ।