श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  २२ गते बुधबार, ६ जुलाई २०२२। नलनाम संवत्सर, असार शुक्लपक्षको सप्तमी तिथि २०ः०५ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरफाल्गुनी ११ः५९ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ०५ः१३ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईष्र्या गर्नेहरूले हार खानेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आँट गर्दा ठूलै काम सम्पादन हुनेछन् । दिउँसोतिरको परिवेश उल्लासमय रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिनेछ । धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला । अर्थ हानि हुन सक्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि उपलब्धि भने न्यून होला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछ। भाग्यले सफलता दिलाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका समस्या सुल्झाउने कार्यमा अलमल होला । अभाव टार्दैमा समय बित्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ । कामको यश लिने सौभाग्य भने प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ । नाम र दाम कमाउने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्नेछ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।