श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७९ साल असार २१ गते मङ्गलबार, ५ जुलाई २०२२। नलनाम संवत्सर, असार शुक्लपक्षको षष्ठी तिथि १९ः४६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पूर्वफाल्गुनी १०ः४५ बजेसम्म, उप्रान्त उत्तर फाल्गुनी, चन्द्रराशि सिंह, सूर्योदय ०५ः१३ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको चापले जीवनशैली व्यस्त रहनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोली र व्यवहारमा संयमित हुँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिन सामान्य छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्ममा आस्था र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने केही समस्या आउने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उपलब्धिहीन काममा अल्झनु पर्दा योजना समयमा सम्पादन नहुन सक्छ । अरूको भरपर्दा धोका पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन् । धेरै फाइदाका खोज्दा आफ्नै धनमाल गुम्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।