श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार  २० गते सोमबार, ४ जुलाई २०२२। नलनाम संवत्सर, असार शुक्लपक्षको पञ्चमी तिथि १८ः५० बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मघा ८ः५९ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्याेदय ५ः१२ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्यले हौसला प्रदान गर्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थितिको चक्रमा अलमलिनु पर्दा काम बन्न समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चिताएको काम बिग्रनाले निराशा छाउनेछ । गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनु पर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयले साथ दिनेछ भने प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक साइनो गाँस्नेहरूसँग जोगिएर काममा जुट्नुपर्ने समय छ। छातीको समस्याले अस्वस्थ भइनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीको प्रभाव बढ्नेछ भने लेखनकलामा निखारता आउनेछ । ज्ञान र बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिष्ठित व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायबाट पनि फाइदा हुनेछ। कर्मयोगले मानसम्मान दिलाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तर, केही बाध्यात्मक परिस्थितिले काममा अलमल होला ।