श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार १९ गते आइतबार, ३ जुलाई २०२२। नलनाम संवत्सर, असार शुक्लपक्षको चतुर्थी तिथि १७ः२४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अश्लेषा ०६ः४६ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्याेदय ०५ः१२ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
चिताएको काम सम्पादन हुनेछ भने अवसरले लाभ दिनेछ। भौतिक साधन जुट्नाले व्यवसायमा फाइदा हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसर आए पनि नयाँ काम थाल्नुअघि विचार पु¥याउनु होला । श्रम गरे पनि उचित लाभ प्राप्त नहुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । दोहो¥याएर प्रयत्न गरे रोकिएको काम सम्पादन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनपूर्ण समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धन र भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरका साथै चुनौतीसमेत देखापर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हतार गर्ने बानीले दुःख पाइनेछ । आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्या आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला ।  सामाजिक कार्यले हौसला प्रदान गर्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्नेछ । प्रतिस्पर्धामा सफल भए पनि सामान्य उपलब्धि मात्र हातपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । मिहिनेतले आंशिक सफलता भने दिलाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारबाट प्रशस्त फाइदा हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । मन शान्त रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।