श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४२ वि.सं. २०७९ साल असार १८ गते शनिबार, २ जुलाई २०२२, नलनाम संवत्सर । असार शुक्लपक्षको तृतीया तिथि १५ः३५ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अश्लेषा भोलि ०६ः४६ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्याेदय ०५ः१२ बजे र सूर्यास्त ७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकार सुरक्षा गर्न जुट्नु पर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कामकाजबाट सोचेको फाइदा उठाउन नसकिएला । प्रतिस्पर्धी बढ्नाले समस्या थपिएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापारमा लाभ लिने समय छ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला । मिहिनेतले काम सम्पादन हुनेछ । आलश्य गर्ने बानीले पछि परिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । लेनदेन तथा हिसाब–किताबमा होसियार रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ । पठन–पाठनमा प्रगति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) रमाइलो जमघटमा सहभागी हुने अवसर मिल्नेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) दिगो काममा फाइदा उठाउने समय छ । तर, आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्नेछ ।